खेलकुद

भारत–पाकिस्तान तनावका बीच आईपीएलका बाँकी खेल एक हप्ताका लागि स्थगित

Banner

दिल्ली बैशाख २६-

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण आईपीएल २०२५ लाई एक हप्ताका लागि स्थगित गरिएको छ। यो निर्णय आईपीएल गभर्निङ काउन्सिलले गरेको हो । यसका लागि फ्रेन्चाइज प्रतिनिधि, प्रायोजक, प्रसारणकर्ता र दर्शकसँगको परामर्शपछि लिइएको बिबिसि हिन्दीले जानकारी दिएको छ ।

बिहीबार जम्मू र पठानकोटमा रेड अलर्ट जारी भएपछि धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स बीचको आईपीएल खेल बीचमै रद्द गरिएको थियो। यसअघि पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने निर्णय गरेको थियो।

भारतले पाकिस्तानमा संरचनामा हवाई आक्रमण गरेको दाबी गरेको छ । जसको प्रतिक्रिया स्वरूप पाकिस्तानले भारतीय विमानलाई खसालेको दाबी गरेको छ। यसले सीमा क्षेत्रमा तनावलाई थप बढाएको छ। आईपीएलको यो स्थगनले रिलायन्स–डिज्नी ज्वाइन्ट भेन्चर र विज्ञापनदाताहरूलाई आर्थिक असर पुर्याउनेछ। यसका साथै, भारतीय क्रिकेट बोर्ड र फ्रेन्चाइजहरूलाई पनि राजस्वमा गिरावटको सामना गर्नुपर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>