समाचार

जम्मु एयरपोर्टमा ‘विष्फोट’ को आशंका 

Banner

काठमाडौँ, बैशाख २५-

जम्मुस्थित हवाई अड्डा नजिकै विस्फोट भएको खबर सार्वजनिक भएको छ। बीबीसी र एएफपीले उद्धृत गरेका प्रत्यक्षदर्शी तथा सुरक्षास्रोतका अनुसार बुधबार राति जम्मुमा श्रृंखलाबद्ध विस्फोट भएका छन्।

बीबीसीसँग कुरा गर्दै जम्मु सहरको गुज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले जम्मु एयरपोर्ट नजिक १६ वटा वस्तु आकाशबाट खसिरहेको देखेको बताएका छन्। सोही क्षेत्रबाट विस्फोटको आवाज सुनेको पुष्टि स्थानीय बासिन्दाहरूले गरेका छन्।

एक उच्च सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जम्मु एयरपोर्ट क्षेत्रमा विस्फोट भएको छ। विस्फोटपछि बजार बन्द भएका छन्। मानिसहरू भागेको देखिएको छ र सायरनहरू बजिरहेका छन्।

बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मु सहरका धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ भने सम्पूर्ण सहर अन्धकारमा डुबेको छ।

त्यस्तै, जम्मुदेखि झण्डै डेढ घण्टाको दूरीमा रहेको कठुआ जिल्लामा पनि दुई ठाउँमा विस्फोटको आवाज सुनिएको र त्यहाँ पनि विद्युत आपूर्ति काटिएको बीबीसीले जनाएको छ।

जम्मु र कठुआ दुवै सहर हाल पूर्ण ब्ल्याकआउटको अवस्थामा छन्। बीबीसीले उद्धृत गरेको प्रत्यक्षदर्शीले भनेका छन् ‘’हामीले सायरनको आवाज लगातार सुन्दैछौं, वरपर सबै अन्धकारमा छ। मानिसहरू भागिरहेका छन्।’’

सुरक्षा निकायहरू घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>