खेलकुद
पाकिस्तानको आक्रमणपछि रंगशालाको विद्युत अवरुद्ध हुँदा आइपिएलको खेल रोकियो
०

काठमाडौँ, बैशाख २५-
पाकिस्तानको आक्रमणपछि धर्मशालामा जारी इण्डियन प्रिमियर लिगको खेल स्थगित गरिएको छ।
पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच जारी खेल रोकिँदा मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएका छन् भने दर्शकहरूलाई स्टेडियमबाट बाहिर निकालिएको छ। खेल रोकिनु अघि पंजाब किंग्सले १० दशमलव १ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो।
क्रीजमा प्रभसिमरन सिंह र श्रेयस अय्यर थिए। प्रारम्भिक ब्याट्सम्यान प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए। उनलाई टी। नटराजनको बलमा माधव तिवारीले क्याच गरेका थिए।
सुरक्षाका कारण खेल तत्कालका लागि स्थगित गरिएको आयोजकले जनाएका छन्। मैदान वरिपरि सुरक्षा सतर्कता बढाइएको छ भने दर्शकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया जारी छ।