समाचार
पाकिस्तानले भारतमाथि गर्यो ड्रोन आक्रमण
०

नयाँ दिल्ली, बैशाख २५
पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो। भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस(४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ।
आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ। पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ भने आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र स्थानीयले विभिन्न ठाउँमा विस्फोटको आवाज सुनेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























