देश/प्रदेश
रक्सौल नाकाबाट चार चिनियाँ नागरिक पक्राउ
०

काठमाडौं, वैशाख २५-
नेपाल भारत सीमाक्षेत्रबाट चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार रक्सौल नाकाबाट ४ जना चिनियाँ नागरिक प्रकाउ परेका हुन् ।
नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार संदिग्धलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । तर उनीहरूले आफ्नो बयान पटक पटक बदलिरहेको भारतीय मिडियाहरूको दाबी छ ।
पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको बताइएको छ ।