सडक निर्माणा/देश विकाश

हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

Banner

ढोरपाटन (बागलुङ), वैशाख २५-

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४० करोडको लागतमा स्तरोन्नति थालिएको हो ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले राससलाई बताउनुभयो । आठ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ ।

गलकोटकोे हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>