समाचार

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा

Banner

काठमाडौँ, वैशाख २४-

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिएको छ।

प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयमा कार्यरत थापालाई बुधबार प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका काम कारबाहीको यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्न थापालाई प्रवक्ता तोकिएको सचिवालयले उल्लेख गरेको छ।

यसअघिका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्य गण्डकी प्रदेशमा सरुवा भएका छन्।

हाल प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजी नरहेकाले एसएसपी थापाले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>