देश/प्रदेश
मुम्बईमा सम्पन्न वेभ्स २०२५ शिखर सम्मेलनमा नेपाली कलाकारको सहभागिता
०

काठमाडौ, वैशाख २४-
भारत सरकारद्वारा मुम्बईमा आयोजित वेभ्स २०२५ शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।
यही वैशाख १८ देखि २१ गतेसम्म भएको सम्मेलनमा उहाँहरुले मिडिया र मनोरञ्जन क्षेत्रमा भएको भारतको प्रगतिको बारेमा प्रत्यक्ष साक्षात्कार गर्नुभएको थियोे ।
उक्त कार्यक्रमले चलचित्र, कन्टेन्ट क्रियसन, एनिमेसन र डिजिटल मिडियामा नेपाल–भारत सहकार्यको लागि उत्साहित मार्गहरू खुलाएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























