घटना -दुर्घटना
त्रियुगा खोलामा राति बस फस्यो, बिहान बाढीले बगायो
०

काठमाडौं, वैशाख २३-
उदयपुरको त्रियुगा खोलामा बस पल्टिएको छ।
चौदण्डीगढी नगरपालिका-५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो।
मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङले जानकारी दिए।
बसलाई बाढीले फसेको ठाउँबाट केही पर पुर्याएको थियो।
उनका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू बस फसेपछि निस्किएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























