Breaking News
आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
०

काठमाडौं,बैशाख २३-
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























