क्रिकेट

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा, अब प्रतियोगिता खेल्न पाउने

Banner

काठमाडौं,बैशाख २२-

नेपाल क्रिकेट संघ (क्यान)ले स्पट फिक्सिङमा परेका अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।क्यानले आदिलमाथिको प्रतिबन्ध आइतबारदेखि फुकुवा गरेको हो । अब उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न पाउने भएका छन् ।

क्यानको इन्टेग्रिटी कमिटीले प्रक्रिया पूरा गरी आलमको प्रतिबन्ध फुकुवाको लागि सिफारिस गरेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुर क्यानले २०७९ पुसमा आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा आलममाथि फिक्सिङको आरोप लागेको थियो ।

तर फिक्सिङको आरोपमा दाबी नपुग्ने भन्दै अदालतबाट आलम र मेहबुब आलमले सफाइ पाएका थिए । केही प्रतियोगितामा खेल्ने अवसर पाएका आलम खतरनाक अलराउन्डर मानिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>