देश/प्रदेश

घर-घरमा स्वच्छ पानी पुर्‍याउँछु, बोलेको कुरा पूरा गर्छु: खानेपानीमन्त्री

Banner

वैशाख, वैशाख २१-

खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने सरकारको दृढ सङ्कल्प रहेको बताएका छन्।

इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटनका क्रममा मन्त्री यादवले खानेपानी अभावका कारण बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

“खानेपानी समस्याले ग्रामीण बस्तीमा ठूलो चुनौती खडा गरेको छ। सरकारले यसलाई समाधान गर्न ठोस योजना अघि सारेको छ,” मन्त्री यादवले भने।

उनले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने र सरसफाइ क्षेत्रमा लगानी वृद्धि गरी दिगो विकास लक्ष्य हासिल गर्ने योजना रहेको सुनाए।

मन्त्री यादवले विपद्ले भत्काएका र अधुरा खानेपानी आयोजनाहरू मर्मत गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख गरे। “मैले बोलेका कुरा पूरा गर्छु। दुर्गमदेखि सुगम क्षेत्रसम्म शुद्ध खानेपानी पुर्‍याउन मन्त्रालय कटिबद्ध छ,” उनले थपे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>