देश/प्रदेश
प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट
०

काठमाडौँ, वैशाख २१-
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























