देश/प्रदेश

बस र ट्रक ठोक्किँदा १० जना घाइते

Banner

कपिलवस्तु, वैशाख २१-

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १० जना घाइते भएका छन् । शिवराज नगरपालिका १ उमरी चोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन्।

बुटवलबाट सुर्खेततर्फ गइरहेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले दुर्घटनामा मुगुकी २० वर्षीया रमना बिक गम्भीर घाइते भएकी बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>