काठमाडौँ

दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन

Banner

काठमाडौँ, वैशाख १८-

काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्।

महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम दिइने शाहले बताएका छन्।

ुसीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो,ु उनले फेसबूकमा लेखेका छन्।

उनले गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको स्मरणसमेत गरेका छन्। उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको उनले बताएका छन्।

तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरिसकेको उनले दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>