देश/प्रदेश

अनधिकृत पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ,लगियो काठमाडौं प्रहरी परिसरमा

Banner

काठमाडौं, वैशाख १७-

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गर्ने पत्र लेख्ने कर्मचारीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।

महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरसहित चलानी नम्बर १९२७७ को पत्र जारी भएको थियो।

विष्टलाई अहिले सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएर परिसरमा लगिएको सर्वोच्च स्रोतले जानकारी दियो।

‘अहिले उनलाई नियन्त्रणमा लिएर परिसर लगिएको छ,’ उनले भने। रेशम चौधरीलाई पक्राउ गर्नेबारे सर्वोच्च अदादतको मुद्दा तथा रिट महाशाखाबाट प्रहरी र डिल्लीबजार कारागारलाई पत्र काटिएको थियो।

उक्त पत्र काटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपीको नेतृत्वमा टोली खटिएर चौधरीलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनबाट पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको छ।

तर त्यो पत्र नै अनधिकृत भएको खुलेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>