समाचार

आजको मौसमः तराईमा अत्यधिक गर्मी,कुन कुन स्थानमा वर्षाको सम्भावना ?

Banner

काठमाडौं,बैशाख १२-

गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यी तीन प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ। स्थानीय वायुको आंशिक प्रभावले देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढेको छ। मधेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सुझाव छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>