देश/प्रदेश

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

०
Banner

काठमाडौं ,कात्तिक ३०-

सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । काठमाडौंको कमलपोखरीमा छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालु तथा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो ।

उनीहरूले पोखरीको पवित्र जलमा उभिएर उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै विधिपूर्वक पूजा तथा आराधना गरेका थिए । चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ । बिहानको अघ्र्यसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>