Breaking News
धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते
०

नवलपुर (नवलपरासी),कात्तिक ३०-
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिनुभयो । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उहाँले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























