समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४२६ जनालाई कारबाही

०
Banner

काठमाडौं ,कात्तिक ३०-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४५, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०८, हर्न निषेधमा १२, अवस्था ठिक नभएको ८ जना र अन्यमा १५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>