समाचार

आजको मौसमः यी स्थानमा छ वर्षाको सम्भावना

Banner

काठमाडौं,बैशाख ८-

कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक९दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>