देश/प्रदेश
झापामा चट्याङ लागेर एकजनाको मृत्यु
०

भद्रपुर (झापा), चैत २७-
झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।
घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आउनुभएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























