देश/प्रदेश
नेपालले अफगानिस्तानलाई दियो १९१ रनको लक्ष्य
०

काठमाडौं, चैत २७-
काठमाडौंमा जारी युथ ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले अफगानिस्तान यु-१९ टोलीलाई मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.१ ओभरमा अलआउट भएर अफगानिस्तानलाई १९१ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए । पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि निरन्तर विकेट गुमाउँदा नेपाल ५० ओभर टिक्न सकेन । कप्तान नरेन भट्टले २२ रन मात्र बनाउन सके ।