कृषि

पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो

Banner

नेपालगञ्ज, पुस २-

बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पु(याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पर्याएको थियो ।

दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र कुम्हारले ? दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताउनुभयो । पहिले आलु रोप्दा उहाँले रु तीन लाख बढी खर्च गर्नुभएको थियो ।

“दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन”, उहाँले भन्नुभयो । नरेन्द्रले १७ कठ्ठा जग्गामा आलु खेती गर्नुभएको छ । “पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पार्यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौंँ” उहाँले भन्नुभयो । स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताउनुभयो ।

हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुवान भएको थियो । तीन दिनसम्म डुवानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिएपनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् ।

हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य हुनुहुन्छ । उहाँले ड््याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताउनुभयो । नउम्रिएको ठाउँमा फेरि रोप्नुभएको छ । स्थानीय रमेश मौर्यले दोस्रो पटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताउनुभयो ।

डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताउनुभयो । उहाँका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>