नवलपुर

मौलाकालिका मन्दिर परिसरमा शनिबार बृहत् रक्तदान कार्यक्रम हुँदै

Banner

नवलपुर, भदौ २६—

मानवताको सेवालाई केन्द्रमा राख्दै नवलपुरको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर परिसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

विश्व रक्तदाता संगठन नवलपुरको आयोजनामा भदौ २७ गते भोलि (शनिबार) बिहान ७ बजे मौलाकालिका मन्दिर परिसरमा रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको हो । विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले विहानैदेखि रक्तदाताहरुलाई उपस्थित हुन आह्वान गरे ।

विश्व रक्तदाता संगठन नेपालका संस्थापक अर्जुन अधिकारीले रक्तदाताहरुको सहजताका लागि मौलाकाली केवलकारमा आवातजावत निःशुल्क टिकटको व्यवस्था गरिएको जानकारी दिए । उनले सबै रक्तदाताहरुलाई विहानै कार्यक्रममा उपस्थित भइदिन आग्रह गरे ।

यस कार्यक्रम धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, मौलाकालिका केबलकार, वे ग्रुप र लायन्स क्लब अफ गैँडाकोटको सहकार्यमा गरिएको हो। कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुर, चितवनले गर्नेछ भने प्रवर्द्धकको रूपमा गैँडाकोट नगरपालिका रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>