देश/प्रदेश
माटो खन्ने क्रममा ढिस्कोले पुर्दा दुई जनाको मृत्यु
०

हुम्ला, असोज १६-
हुम्लामा माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको ताँजाकोट गाउँपालिका(३, औलस्थित सियाणी खोलामा दसैँमा घर पोत्न (सरसफाइ) का लागि माटो खन्ने क्रममा पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दसैँका लागि घर सफा गर्ने सेतो कमेरो खन्न गएको समयमा उनीहरूलाई ढिस्कोले पुरेको थियो। मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसमेत हुन्। यस्तै उनीहरूसँगै सेते कमेरो (माटो) लिन गएका रामगाउँकै २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























