देश/प्रदेश
आज झ्याप्लेखोला पहिरोबाट निकालियो थप ११ शव
०

काठमाडौं, असोज १३-
काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट ११ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ । अहिलेसम्म ११ शव फेला परेको प्रहरीले जनाएको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ । यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























