देश/प्रदेश

झ्याप्लेखोला पहिरोः ३ ठूला बसपछि भेटियो माइक्रोबस

Banner

धादिङ, असोज १३-

धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ।

त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए।

रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ।

तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>