देश/प्रदेश

भोटेकोसीले तातोपानी नाका जोड्ने लार्चाको पुल बगायो

Banner

काठमाडौँ, असाज १२-

अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ। बिहीबारदेखि परेको अविरल पानीले भोटेकोसी नदीको बहाव बढेर लार्चाको पुल बगेको स्थानीयले बताएका छन्।

भोटेकोसी गाउँपालिमास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ। पुललाई शनिबार बिहान नदीले बगाएको हो। नदीको जल सतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>