देश/प्रदेश

पोखरा महानगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्दै

Banner

गण्डकी, असोज १०-

पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उहाँले बताउनुभयो । सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>