देश/प्रदेश
रविलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली
०

काठमाडौं, असोज १०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली चीन पुगेर फर्किएको छ । दश दिने भ्रमणका लागि भन्दै उपसभापति डा। स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको थियो ।
तर सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























