देश/प्रदेश

शुद्धोधन गाउँपालिकाका वडा नं १ का वडाध्यक्षको मृत्यु

Banner

रुपन्देही, असोज ९-

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको उपचारका क्रममा मृत्यु भएको छ । यादवको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ मृत्यु भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए ।

उनको मृत्यु भएपछि आज बुधबार गाउँपालिकाले शोक बिदा दिएको छ । ६८ वर्षीय यादव नेपाली कांग्रेस पार्टीबाट २०७४ र २०७९ मा सो वडाको वडाध्यक्ष निर्वाचित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>