देश/प्रदेश
सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशीलाई लगियो अदालत
०

काठमाडौं, असोज ७-
सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।
विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो। समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























