देश/प्रदेश
आँफैले चलाएको कार दुर्घटना हुँदा ओमानमा दुई नेपालीको मृत्यु
०

युएई, असोज ६-
ओमानमा भएको आँफैले चलाएको कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ । आज (आइतबार) राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा कार दुर्घटना हुँदा दुई नेपालीको मृतयु भएको हो ।
नेपाली दुतावास ओमानका अनुसार तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । नर बहादुरले चलाएको कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार समिताको पनि मृत्यु भएको दुतावास जानकारी दियो ।
नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको दुतावासले बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























