देश/प्रदेश
यी प्रदेशमा आज चट्याङसहित वर्षा हुने
०

काठमाडौं, असोज ४-
देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मनसुनको न्यूनचापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको महाशाखाले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























