देश/प्रदेश

सेती नदीमा ट्याक्टर खस्दा सवार ५ मध्य २ जना बेपत्ता

Banner

बझाङ, असोज २-

सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बुधबार (आज) बिहान बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका(२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।

ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। तर, ट्याक्टरमा सवार तीन जनाले भने हाम फालेर ज्यान जोगाएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>