देश/प्रदेश

थप सक्रिय बन्यो मनसुनी वायु, यी पाँच प्रदेशमा आज भारी वर्षा हुने

Banner

काठमाडौं, भदौ ३१-

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनी वायु थप सक्रिय हुँदा यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>