देश/प्रदेश

घरको गाह्रो भत्किँदा एकजनाको मृत्यु, ११ मजदुर घाइते

Banner

पोखरा, भदौ २९-

बागलुङमा घरको गाह्रो भत्किँदा एकजनाको मृत्यु भएको छ । घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका –१ स्वामीचोकमा ५५ वर्षीय बेग बहादुर विकको घरको गाह्रो भत्किँदा बहादुरको मृत्यु भएको छ । यस्तैगाह्रो भत्किँदा अन्य ११ मजदुर घाइते भएको बागलुङ प्रहरीका डीएसपी विजय यादवले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>