देश/प्रदेश

मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपी भवन बगायो

Banner

धनगढी, भदौ २९-

शुक्रबार रातिको वर्षासँगै आएको मोहना नदीको बाढीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बाढीले बगाएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ । यस्तै बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>