देश/प्रदेश
पूर्व प्रधानमन्त्री, मेरा मित्रको जन्मदिन भन्दै ओलीले दिए देउवालाई शुभकामना
०

काठमाडौँ, भदौ २७-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा दोसल्ला ओढाएर प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कांग्रेस सभापति देउवालाई शुभकामना दिएका हुन् ।
‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, प्रधानमन्त्री ओलीले देउवालाई दोसल्ला ओढाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























