देश/प्रदेश

वायुसेवा निगमको जहाज इटलीबाट काठमाडौं ल्याइयो

Banner

काठमाडौं, भदौ २६-

२२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>