देश/प्रदेश

पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

Banner

विराटनगर, भदौ २७-

झापाको अर्जुनधारा नगरपालिका–९ मा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

अर्जुनधारा नगरपालिका–९ को खरबन्दीकी निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।

सब्जी अचार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए । बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ । पूजाको प्रसादमा फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>