देश/प्रदेश
अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते
०

रुपन्देही, भदौ २६-
अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
छत्रदेवबाट बुटवल आउँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो शितगंगा गाउँपालिका–१२ मा हिलेखोलामा दुर्घटना हुँदा एक जनाको मृतयु भएको हो ।
प्रहरीका अनुसार दुर्घटना परेर अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको छ । यस्तै घाइते ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि बुटवल रिफर गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























