देश/प्रदेश
असोज १ गतेदेखि सञ्चालनमा आउँदै मनकामना केबलकार
०

चितवन, भदौ २६-
मनकामना केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । स्तरोन्नतिको काम सम्पन्न भएसँगै केबलकार सञ्चालनमा आउने भएको हो । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ ।
अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको हो । ३१ असारदेखि केबलकार सेवा बन्द भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























