देश/प्रदेश

पोखरा महानगरपालिकाले २७ गतेदेखि सामुदायिक स्कुलमा नि:शुल्क चिनियाँ भाषा पढाउने

Banner

पोखरा, भदौ २४-

पोखरा महानगरपालिकाले यही भदौ २७ गतेदेखि सामुदायिक स्कुलमा निःशुल्क चिनियाँ भाषा पढाउने भएको छ । महानगरपालिकाले पोखराका १० वटा सामुदायिक स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने भएको हो ।

आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच भएको सम्झौता अनुसार चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक शिक्षक पोखरा आइपुगिसकेको महानगरले जानकारी दिएको छ ।

महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् ।

सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजामा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ ।

त्यस्तै, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौर रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>