देश/प्रदेश

तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

Banner

काठमाडौं, भदौ २३-

भ्रष्टाचार गरेको अभियोगमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमान खत्वेसहित ११ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पालिकाकाको योजना अनुगमन समितिका संयोजक समेत रहेका खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरु ११ जना विरुद्ध नै ६ लाख ४५ हजार ६६५ प्रतिव्यक्ति बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको आयोगका एवम प्रवक्ता सहसचिव नरहरी घिमिरेले जानकारी दिए ।

उनका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४–०७५ मा उक्त योजनाको सम्झौता बमोजिम कार्य नगरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब तयार गरी तथा गर्न लगाई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६६५ रुपैयाँ भुक्तानी दिन लगाएको पाइएको छ ।

यस्तै अनुगमन समितिका संयोजक उपाध्यक्ष खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र विरेन्द्रकुमार यादवले सोलार बत्ती खरिद तथा जडान योजनाको अनुगमन प्रतिवेदन पेश गर्दा बदनियतपूर्वक बास्तविक भए गरेको भन्दा बढी कार्य भएको भन्दै नभएको काम देखाएर प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिससमेत गरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>