गण्डकी
नवलपरासीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
०

चितवन, भदौ २२-
नवलपरासीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। नवलपरासी बर्दघाट नगरपालिका–१३ नारायणचोक बस्ने ४७ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।
बर्दघाट नगरपालिका–१३ जमुनियाबाट नारायणचोकतर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा आज बिहान मेडिकल कलेज भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक नवलपरासी प्रतापपुर गाउँपालिका २ गोपीगंज बस्ने १७ वर्षीय किशोर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























