देश/प्रदेश

मुना पाण्डे हत्या प्रकरणः आमालाई दियो अमेरिकाले भिसा, भोलि नै अमेरिका जाने

Banner

काठमाडौँ, भदौ १९–

केहीदिन अघि अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे छोरीको शव हेर्न अमेरिका जाने भएकी छिन् ।

छोरीको गोली हानी हत्या भएपछि विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार भोलि बिहीबार नै अनिता अमेरिका जाने तयारीमा रहेकी छन् । पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको थियो । उनको छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।११ भदौमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>