देश/प्रदेश
दुर्घटनामा परे विमान व्यवस्थापन समूहका ५ जना

काठमाडौँ, साउन ९-
सौर्य एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । विमान दुर्घटना हुँदा एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका हुन् ।
पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए ।
विमान क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।
बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले जानकारी दिए।
विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको डीआईजी कार्कीले बताए ।

























