देश/प्रदेश
फिस्लिङको पहिरो पन्छाएर सडक सुचारु
०

चितवन, साउन ७-
पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा आज बिहान ४:४५ बजे लेदाेसहितकाे पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर बिहान ७ः५० बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























